देशका विभिन्न भूभागमा आज पनि मेघगर्जन सहित वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देशका विभिन्न भूभागमा आज पनि मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांस भूभागमा मौसम सामान्यदेखि पूर्ण बदली रहने छ ।

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ ।

अहिले देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहेको छ। प्रदेश न २, बाग्मति प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चचिमका भूभागका थाेरै स्थानमा मेघगर्जन सहित वर्षा भई रहेको छ ।

आज दिउँसो देशको पहाडि भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा सामान्य बदली रहने छ ।  देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकि प्रदेशहरुमा आँशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमामेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);