आज देशभर सामान्य देखि पूर्ण बदली, कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज देशभर सामान्य देखि पूर्ण बदली, कुन–कुन क्षेत्रमा वर्षाको सम्भावना ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांस भूभागमा आंशिक देखी सामान्य बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भूभाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।।

अहिले देशका सुदुरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भूभागमा आंशिक देखी सामान्य बदलीको अवस्था रहेको छ भने बांकी भुभागहरुमा सामान्य  देखि पूर्ण बदली रहेको छ ।

आज दिउँसो देशको  प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । 

देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

आज राति अधिकांश भूभागहरुमा सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।  प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका तराइका भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

देशको केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);