मौसम: पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मौसम: पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य  बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज रातिप्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);