आज देशभर मौसम आंशिक देखि सामान्य बदली रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

आज देशभर मौसम आंशिक देखि सामान्य बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य  बदली रहने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतको उत्तरप्रदेश आसपासमा रहेको न्युनचापिय क्षेत्रको प्रभाव रहेको छ ।

हाल देशका पहाडी भुभागमा आंशिक बदली रहेको छ र तराईका भुभागमा सामान्यतया सफा रहेको छ। । 

आज दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी तथा तराईका भूभागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यसैगरी आज राति पहाडी भूभागमा आंशिक देखि सामान्य  बदली रहि तराईका भूभागमा आंशिक बलदी रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले  सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);