प्रधानमन्त्री नियुक्ति प्रकृयानै गलत भएको बारको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

प्रधानमन्त्री नियुक्ति प्रकृयानै गलत भएको बारको निष्कर्ष

काठमाडौँ। नेपाल बार एसोसिएसनले प्रधानमन्त्रीले संसदबाट विश्वासको मत नलिई एक्कासी संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रक्रियामा जानु गैरसंवैधानिक ठहर गरेको छ ।बारले प्रधानमन्त्री ओली पदमा रही राजनीतिक अभिष्ट पूरा गर्ने दाउमा रहेको निष्कर्षसहित पछिल्लो कदमलाईअसंवैधानिक ठहर गरेको हो ।

बारले प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त हुन्छ वा हुँदैन भन्ने निर्णयाक अधिकार पनि मन्त्रिपरिषद् र राष्ट्रपतिलाई नहुने दाबी गरेको छ । विश्वासको मतबारे निर्णय गर्ने अधिकार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको मात्र हुने बारले जनाएको छ ।

Leave a Reply