एमालेको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

एमालेको बैठकमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव

ललितपुर । नेकपा एमालेले पार्टी निर्णयविरुद्ध गएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदलाई अनुशासनको कारबाही गर्ने भएको छ ।

ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा जारी एमाले केन्द्रीय कमिटीको १० औं बैठकले माधवकुमार नेपालसहित पार्टीको ह्वीप उल्लंखन गरी देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टिकरण सोध्ने प्रस्ताव राखेका हुन् ।

सर्वोच्च अदालतले संविधानको धारा ७५ को उपधारा ६मा सांसदलाई दलीय ह्वीप नलाग्ने र राजनीतिक कारबाही गर्न नमिल्ने बताएपछि एमालले २२ सांसदलाई अनुशासनको कारबाही गर्न लागेको हो ।

तर बैठकमा सदस्यहरुले भने पार्टी निर्णय अवज्ञा गर्नेहरुलाई २४ घण्टे स्पष्टिकरण जरुरी नभएको र सिधै पार्टीबाट निकाल्नु पर्ने माग राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);