एमालेका केन्द्रीय कमिटीको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एमालेका केन्द्रीय कमिटीको बैठक जारी

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक जारी रहेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सामेबार स्थगित गरिएको बैठकलाई निरन्तरता दिईएको हो ।

आजको बैठकमा एमालेभित्रको विवाद समाधानका लागि गठित तत्कालीन कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनलाई जोड दिइएको छ ।

गएको असार २७ गते कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई यसअघिका बैठकहरुले नै अनुमोदन गरिसकेको छ ।

आजको बैठकमा पार्टीमा ह्वीप उल्लघंन गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाईने विषयमा पनि छलफल हुने बताइएको छ । यस अघि सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ ।

यसका साथै आजको बैठकमा ओली नेतृत्वको सरकारले गरेका कामको समीक्षा गर्दै आगामी दिन पार्टीको योजना लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);