नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

आज दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको हो । बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि आइतबारको बैठकमा साउन २७ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको थियो । बैठकपछि महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने निर्णय पनि भएको बताएका थिए ।

साथै विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको पोखरेलको भनाई थियो । यसरी नेकपा एमालेमा आन्तरिक एकताको प्रयास निष्कर्षमा पुग्न नसक्दा दुुबै पक्ष आ–आफ्नो ढंगले अघि बढ्ने संकेत देखिएको छ ।

एकता कार्यदलले तयार पारेको १० वुँदे सहमतिकै आधारमा पुर्नमिलन हुनुपर्ने संस्थापन पक्षको अडान छ । तर वरिष्ठ नेता माधव नेपालपक्ष भने १० बुँदे अनुुसार चल्ल्न तयार देखिएको छैन । आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित नभएपनि पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);