माओवादी स्थायी कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं,२६ माघ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा विधान मस्यौदाबारे छलफल हुनेछ । पुस २८ गते बसेको स्थायी कमिटीको बैठकले फागुन १,२ र ३ गते विधान अधिवेशन गर्ने निर्णय गरेकोले त्यसको तयारीका लागि आज विधान मस्यौदामा छलफल गर्न लागिएको हो ।

विधान संशोधनका लागि गठित मस्यौदा समितिले केन्द्रीय कमिटीको आकारदेखि विभिन्न विषयमा संशोधन गर्ने प्रस्ताव गरेको छ । ती प्रस्तावहरूलाई पार्टीको तल्लो तहसम्म सर्कुलर गरी सुझाव संकलन गरिने भनिएको छ ।

यहि सुझाबबारे निर्णय गर्न आज स्थायी कमिटीको बैठक राखिएको हो । स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);