माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने स्थायी कमिटी बैठकको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने स्थायी कमिटी बैठकको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।

आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो । बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी कमिटीको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने बताए ।

प्रवक्ता श्रेष्ठले भने, “आज बसेको स्थायी कमिटीको बैठकले सकेसम्म आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोशिष गर्ने समझदारी बनाएका छौं , आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउने छन्, त्यसपछि त्यसको व्याख्यार निस्कर्षको लागि स्ष्थायी कमिटीको बैठक भोलि बस्नेछ ।”

आजको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);