नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक केही समयका लागी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक केही समयका लागी स्थगित

काठमाडाैं, २ चैत । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक केही समयका लागी स्थगित भएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले केन्द्रीय कमिटीको बैठक बसेर केहि समयका लागि स्थगित गरेको हो ।

नयाँ सरकार गठनका लागि विभिन्न पार्टीसँग वार्ता गर्नुपर्ने र पार्टीको सांगठनिक क्रियाकलाप अगाडी बढाउनुपर्ने भएकाले बैठक केहीदिन सम्मका लागी स्थगित गरिएको हो ।

माओवादीबाट मन्त्री बनेका नेताहरुलाई स्पष्टिकरणको पत्र पठाइसकेको तर उनीहरुले जवाफ नदिएकाले प्रक्रिया अनुसार अघि बढ्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । सोमबारको बैठकमा नेताहरुले वर्तमान अवस्था सम्भावना र चुनौतिका बोरमा छलफल गरेर सहि मार्गचित्र तयार गरौ भन्ने धारणा राखे ।

बैठकले संसदमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय समेत गरेको छ । बैठकमा २० जना नेताहरुले आआफ्नो धारणा राखेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);