माओवादी केन्द्रको साउन २० गते बोलाइएको केन्द्रीय सदस्य बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्रको साउन २० गते बोलाइएको केन्द्रीय सदस्य बैठक स्थगित

साउन ३० भित्र वडा कमिटी गठन गर्न निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले साउन ३० गते भित्र वडा कमिटी गठन गर्न निर्देशन दिएको छ ।

माओवादी केन्द्रको आइतबार बसेको स्थायी कमिटीको बैठकले साउन ३० गते भित्र छ हजार ७ सय ४३ वटै वडामा वडा कमिटी गठन गर्न निर्देशन दिएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

बैठकले यही साउन २० गतेका लागि बोइलाएको केन्द्रीय कमिटी बैठक पनि स्थगित गरेको छ । साउन २० गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक स्थगित गर्दै साउन ३० गते तय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

वडा कमिटी गठन गरी त्यसको जानकारी प्रदेशस्थित केन्द्रीय सदस्यलाई दिनुपर्ने बताइएको छ ।

साउन ३० गतेको केन्द्रीय सदस्यहरुको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो प्रदेशभित्रका वडाको वडा कमिटी गठन सम्बन्धी विवरण प्रस्तुत गर्नुपर्ने श्रेष्ठले बताए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);