राष्ट्रपतिद्धारा कायममुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

राष्ट्रपतिद्धारा कायममुकायम प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।

शर्मालाई सैनिक ऐन २०६३ को दफा ८ को उपदफा ३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ साउन १२ गतेको सिफारिस बमोजिम कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

कायममुकायम प्रधानसेनापतिको पद यही साउन २५ गतेबाट खाली हुने भएकाले सोही दिनबाट लागु हुने गरी ज्येष्ठताका आधारमा शर्मालाई नियुक्त गरिएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ मा अवकाश पाउँदै छन् । तर अवकाश प्राप्त हुनु एक महिनाअघि बिदामा बस्ने प्रचलन अनुसार थापा साउन २५ देखि बिदामा बस्न लागे पछि शर्मालाई साउनु२५ बाटै कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);