एमालेको स्थायी कमिटी बैठक जारी : नेपाल पक्ष अनुपस्थित, उपाध्यक्ष गोतम भने सहभागी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमालेको स्थायी कमिटी बैठक जारी : नेपाल पक्ष अनुपस्थित, उपाध्यक्ष गोतम भने सहभागी

ललितपुर । नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटीको बैठक जारी रहेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारलाई बोलाएको बैठक नेता माधव कुमार नेपाल पक्षका नेताहरुले एकताका लागि सहमति जुटाउन स्थगित गर्न आग्रह गरेपछि बैठक स्थगित गरिएको थियो । तर एकताका लागि सहमति नजुटेपछि आजको बैठकमा नेपाल पक्षका नेताहरु सहभागी भएका छैनन्, तर उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी भएका छन् ।

बैठकमा पार्टीको केन्द्रीय विभागहरुलाई पूर्णता दिने, विधान अधिवेशनको तयारीका लागि समितिहरु गठन गर्ने, विधान अधिवेशनको तयारी र पार्टी सदस्यता र नवीकरणको तथा वितरणको विषयमा पनि छलफल हुने बताइएको छ ।

त्यसैगरी बैठकमा नेपाल समूहका नेतामाथिको कारबाहीका विषयमा समेत छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);