सुरु भयो एमालेको केन्द्रीय कमिटी बैठक, नेपाल पक्ष अनुपस्थित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुरु भयो एमालेको केन्द्रीय कमिटी बैठक, नेपाल पक्ष अनुपस्थित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्षले दसौं महाधिवेशन आयोजक कमिटी खारेज पछि बस्न लागेको यो पहिलो केन्द्रीय कमिटीको बैठक हो ।

बैठकमा नेता माधव कुमार नेपाल अनुपस्थित छन् । यसअघि ओली पक्षीय बैठकहरुमा सहभागी नभएका उपाध्यक्ष बामदेव गौतम भने आजको बैठकमा सहभागी भएका छन् ।

त्यस्तै, हालै केन्द्रीय कमिटीका अटाएका पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् ।१६ गते आयोजक कमिटी भंग गरी ०७५ जेठ ३ को केन्द्रीय कमिटीमाथि माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको थियो ।

बिहीबार साँझ अध्यक्ष पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो । तर, आजको बैठक स्थगित नभएपछि नेपाल पक्ष सहभागी नभएका हुन् ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटीको १३ औं बैठकमा पार्टीमा उत्पन्न अन्तरविरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);