एमाले नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु, विभाजन की एकता भन्ने विषयमा टुंगो लगाउने दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु, विभाजन की एकता भन्ने विषयमा टुंगो लगाउने दाबी

काठमाडौं । नेकपा एमाले नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

काठमाडौंको एक बैंक्वेटमा बसेको बैठकमा देशभरका नेपाल पक्षका नेताहरु सहभागी हुन आएका छन् । बुधबार नै बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक उपत्यका बाहिर रहेका नेताहरु आइनपुगेकाले स्थगित गरिएको थियो ।

यसअघि सोही स्थानमा बसेको स्थायी कमिटी बैठकले तय गरेको एजेण्डामा केन्द्रीय कमिटीको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा एमालेभित्रको एकता र भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यसै बैठकले एमाले विभाजन हुने वा एकता हुने विषयमा टुंगो लगाउने नेताहरुले बताएका छन् ।

यसैबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आज बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली पक्षले अपिल गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);