नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै बसेको स्थायी कमिटी बैठकमा एकमुष्ट जवाफ दिइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै बसेको स्थायी कमिटी बैठकमा एकमुष्ट जवाफ दिइने

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिएको छ ।

शुक्रबार काठमाडौंको एक बैंक्वेटमा बसेको बैठक सहिएपछि स्थायी कमिटी बैठक बसेको छ ।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले पार्टी एकता गर्ने तथा सरकारमा सहभागी हुने विषयमा मिश्रित सुझाव दिएका छन् ।

त्यसैगरी आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा माफी मागे मात्रै पार्टी एकता गर्नुपर्ने समेत धारणा राखेका थिए । केन्द्रीय कमिटीको बैठकमा सदस्यहरुले राखेका धारणा र सुझावको एक मुष्ट जवाफ स्थायी कमिटी बैठकमा दिइन लागेको हो ।

बिहीबार पनि नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बसेको थियो । बिहीबारको बैठकमा अधिकांस सदस्यहरुले सम्मानजनक हैसियतबिना पार्टी एकता सम्भव नभएको बताएका थिए भने नेता नेपालले सम्मानजनक हैसियतबिना ओलीसँग मिसिन जानु राजनीतिक आत्महत्या सरह हुने बताएका थिए । हिजो केन्द्रीय कमिटी बैठक अघि स्थायी कमिटी बैठक बसेको थियो भने आज केन्द्रीय कमिटी बैठक पछि स्थायी कमिटी बैठक बसेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);