केन्द्रीय कमिटीको बैठक पूर्णत अवैधानिक भएको नेपाल पक्षको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

केन्द्रीय कमिटीको बैठक पूर्णत अवैधानिक भएको नेपाल पक्षको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले शुक्रबार बोलाइएको पार्टी केन्द्रीय कमिटीको बैठक पूर्णत अवैधानिक ठहर गरेको छ। बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।

उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ । ओलीपक्षले यो केन्द्रीय कमिटी २०७५ जेठ २ को अवस्थाकै भएको बताएको छ । तर, त्यसमा माओवादीबाट आएका नेताहरुलाई समेत समावेश गरिएकाले नेपालपक्षले जेठ २ मा फर्केको भन्न नमिल्ने तर्क गरेका छन् ।

बिहीबार बानेश्वरमा बसेको नेपालपक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले अहिलेकै अवस्थामा शुक्रबारको बैठकमा सहभागी हुन नसकिने निष्कर्षमा पुगेको एमालेका नेता घनश्यामा भुुषालले जानकारी दिएका छन् ।

Leave a Reply

ताजा समाचार