राजनीतिक विवादलाई राजनीतिकरुपमै समाधान गर्नुपर्छ-सुमनराज प्याकुरेल | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

राजनीतिक विवादलाई राजनीतिकरुपमै समाधान गर्नुपर्छ-सुमनराज प्याकुरेल

काठमाडौँ। नेकपा एमालेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले राजनीतिक विवादको समाधान अदालतबाट खोज्नु नहुने बताएका छन् ।बिहीवार राष्ट्रिय सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य प्याकुरेलले शक्ति पृथकिकरणको सिद्धान्तलाई नबुझेर राजनीतिक विवादलाई अदालतमा लगिएको भन्दै राजनीतिक विवादलाई राजनीतिकरुपमै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

राजनीतिक समस्याको समाधानको थलो न्यायपालिका नहुने उनको तर्क रहेको छ । उनले विपक्षी राजनीतिक दलहरुले संविधानको मर्म विपरित निर्दलीयताको वकालत गरेको भन्दै दुख व्यक्त गरे । प्याकुरेलले वाम र प्रजातान्त्रिक शक्तिहरुको सहकार्यले मात्रै आजसम्मको राजनीतिक परिवर्तन सम्भव भएको भन्दै सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

ताजा समाचार