देउवालाई पुन सभापति बनाउन आफूहरु सक्रिय छौं : देवेन्द्रराज कंडेलले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

देउवालाई पुन सभापति बनाउन आफूहरु सक्रिय छौं : देवेन्द्रराज कंडेलले

काडमाडौँ। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंडेलले पार्टीको १४ औं महाधिवेशनबाट पनि पुन शेरबहादुर देउवा नै सभापति पदमा दोहोरिनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको विधानमा जिल्लादेखि केन्द्रसम्मको सभापति पदका लागि दुई कार्यकालको सुविधा उल्लेख भएकाले भन्दै नेता कंडेलले पुन देउवालाई सभापति पदमा बलियो बनाउन त्यही अनुसारको तयारी आफुहरुले गरिरहेको बताएका छन् ।

त्यस्तै कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभा सदस्य बिनोद चौधरीले पार्टीको महाधिवेशन सकृय राजनीतिका लागि महत्वपूर्ण प्लेटफर्म रहेको बताउदै महाधिवेशनमा आफ्नो उम्मेदवारी हुने या नहुने अहिले नै टुंगो लाइनसेको भएतापनि आफु राजनीतिक यात्रालाई अगाडि बढाउने क्रममा रहेको धारणा राखेका छन् ।

नेतृत्व र जिम्मेवारीको बाडफाड पार्टीको छलफल र निर्णयबाट हुने भन्दै अहिलेनै आफ्नो उम्मेदवारी बारे खुलाउन नहुने दुबै नेताको तर्क छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);