विकास निर्माणमा हुने ढिलासुस्ती र अनियमितता छानविनका गर्न संसदीय समिति बनाउनुपर्छ : राष्ट्रिय सभा सदस्य गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

विकास निर्माणमा हुने ढिलासुस्ती र अनियमितता छानविनका गर्न संसदीय समिति बनाउनुपर्छ : राष्ट्रिय सभा सदस्य गुरुङ

काठमाडौं । राष्ट्रिय सभा सदस्य परशु राम मेघी गुरुङले विकास निर्माणका काममा ढिलासुस्ती र अनियमितता हुने गरेको भन्दै छानविनका लागि संसदीय समिति बनाउनुपर्ने बताएका छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य गुरुङले विकास निर्माणको काममा ढिलासुस्ती हुने गरेको बताए । समयमै आयोजना सम्पन्न नहुने र समय थप्दै जादाँ आर्थि व्ययभार पनि बढ्दै जाने गरेको उनले उल्लेख गरे । उनले विकास निर्माणमा भएका काम कारबाहीहरुको प्रगति हेर्न विभिन्न ऐन, नियम र संयन्त्र भएपनि प्रभावकारी काम गर्न नसकेकाले राष्ट्रिय सभाले सर्वदलिय समिति बनाउनुपर्नेमा जोड दिए ।

सदस्य गुरुङले भने – ‘१५ औँ राष्ट्रिय योजनाले तयार गरेको डकुमेन्ट छन्, विकासका नीतिहरु छन्, कार्यक्रमहरु छन् । वार्षिक कार्यक्रमहरु छन् । ति सबै कुराको अनुगमन, मुल्यांकन गर्नको लागि अब राष्ट्रिय सभाको तर्फबाट सबै राजनीतिक दलहरुको सहभागितामा एउटा विशेष समितिको निर्माण गरौँ । त्यो विशेष समितिले आर्थिक वर्षको ३ महिना भित्रमा विगत वर्षको सम्पूर्ण कुराहरुको अध्ययन, अनुगमन, मुल्यांकन गरेर, त्यसलाई यो राष्ट्रिय सभामा प्रस्तुत गरेर यहाँ व्यापक त्यसलाई छलफल गरौँ ।’

सदस्य गुरुङले विकास निर्माणको कामको सम्बन्धमा प्रदेश र स्थानीय स्तरमा बेरुजु रकम खरबौँ पुग्न लागेको बताए । ति बेरुजुलाई व्यवस्थापन गर्ने कानूनी प्रवन्धको पनि अभाव भएको भन्दै उनले सरकार र कर्मचारीतन्त्रको कार्यशैलीमा रुपान्रण गर्नुपर्ने जरुरी रहेको बताए ।

सदस्य गुरुङले भने – ‘आज हामी संघीयता कार्यान्वयनको क्रममा छौँ । यो संघीयता कार्यान्वयनको चरणमा प्रदेशस्तरबाट, स्थानिय स्तरबाट, दर्जनौँ दर्जन योजनाहरु सञ्चालन भएका छन् । ति आयोजना सञ्चालन गर्ने क्रममा आज खरबौँ बेरुजुको चाङ खरबौँमा पुग्न लाग्यो भनेर रातो घण्टी बजिरहेको अवस्था छ । ति बेरुजुहरुलाई व्यवस्थापन गर्ने कानूनि प्रवन्धको पनि अभाव छ । कसरी हाम्रो कार्यशैलीहरुलाई रुपान्तरण गर्ने ? हाम्रो कर्मचारीतन्त्रको कार्यशैलीलाई रुपान्तरण गर्नुपर्ने भएको छ । सरकारको कार्यशैलीलाई रुपान्तरण गर्नुपर्ने भएको छ ।’

सदस्य गुरुङले विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गर्नुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);