आयोजनामा हुने ढिलासुस्ती हटाउन ऐन संशोधन गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आयोजनामा हुने ढिलासुस्ती हटाउन ऐन संशोधन गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

म्याग्दी, २५ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वाधार आयोजनामा हुने ढिलासुस्ती हटाउन ऐन संशोधन गर्नुपर्ने बताएका छन् ।

म्याग्दीका संचारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले फितलो नीति, प्रक्रियामुखी कर्मचारी र प्राविधिक तथा निर्माण व्यवसायीको लापरबाहीले विकास निर्माणमा ढिलाइ भएको बताए ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा विकासका आयोजना निर्माणमा ढिलाई गर्न नदिने प्रतिबद्धता जनाए । उनले रघुगंगा जलविद्युत आयोजनाका अधिकारी र ठेकेदार कम्पनीलाई समयमै काम सक्न निर्देशन समेत दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);