सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्न मुख्यमन्त्री गुरुङको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्न मुख्यमन्त्री गुरुङको माग

काठमाडौं, १३ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्न संघीय सरकारसँग माग गर्नु भएको छ ।

मुख्यमन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संघीय सरकारले संशोधन नगरेकै कारण पोखरा–कोरला सडक निर्माणको काममा ढिलाई भईरहेको पनि स्पष्ट पार्नु भयो ।

उहाँले संघीय सरकारले अनुगमनसमेत नगरीदिँदा आफ्नो प्रदेश अन्तरगतका सडक आयोजनाहरु बेवारिसे अवस्थामा रहेको उल्लेख गर्दै त्यसको अनुगमनको कामलाई अघि बढाउन संघीय सरकारलाई निर्देशन दिन संघीय संसदको विकास तथा प्रविधि समिति समक्ष आग्रह गर्नु भयो ।

संघीय संसदको विकास तथा प्रविधि समितिका पदाधिकारीसँग सोमबार पोखरामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले संघीय सरकारको सहरी विकास मन्त्रालयले आवश्यक अनुगमन नगरेका कारण गण्डकी प्रदेशमा परेका मध्य पहाडी राजमार्गको सडकखण्ड निर्माण कार्य पनि अघि बढन नसकेको भन्दै आक्रोश व्यक्त गर्नु भयो।

मुख्यमन्त्री गुरुङले संघीय सरकारले आवश्यक कार्वाही नगरेका कारण राष्ट्रिय गौरवका आयोजनाहरुको कामले तीव्रता नपाएको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);