कर्णाली प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न मुख्यमन्त्रीको माग | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

कर्णाली प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न मुख्यमन्त्रीको माग

काठमाडौं, ७ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गर्नु भएको छ ।

मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल ५ सय कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने पनि स्पष्ट पार्नु भयो । विकास, निर्माणका कामलाई अघि बढाउन ५ सय कर्मचारीको तत्काल आवश्यक्ता रहेको उहाँको भनाई छ ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्मचारीकै अभावका कारण कर्णाली प्रदेशले कामै गर्न नसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले कर्णाली प्रदेशमा कर्मचारी जानै नचाहेकाले त्यहाँ पठाउने कर्मचारीलाई थप तलव, भत्ताको व्यवस्था गर्न पनि संघीय सरकारलाई सुझाव दिनु भयो । कर्णाली प्रदेशमा हाल ३५ सय कर्मचारीको अभाव रहेको मुख्यमन्त्री शाहीको अनुमान छ ।

मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बजेटको पनि अभाव भएको स्पष्ट पार्नु भयो । उहाँले भौगोलिक विकटताका कारण विकास, निर्माणका लागि कर्णाली प्रदेशलाई अन्य प्रदेशको भन्दा बढि बजेटको आवश्यक्ता हुने पनि स्मरण गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);