संघीयता बलियो बनाउन लागे प्रदेश सरकारलाई समर्थन गर्छौ : पृथ्वीसुब्बा गुरुङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संघीयता बलियो बनाउन लागे प्रदेश सरकारलाई समर्थन गर्छौ : पृथ्वीसुब्बा गुरुङ

गण्डकी । नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता बलियो बनाउन सकेमात्र लोकतन्त्र बलियो हुने बताएका छन् । शुक्रबार गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि भएको छलफलमा बोल्दै नेता गुरुङले संघीयत बलियो बनाउन सकेमात्र लोकतन्त्र बलियो हुने बताए ।

‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमालेको समर्थन रहने छ । संघीयताको चर्को कुरा गर्ने, तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको बताएका छन् ।

उनले आफूहरु लोकतन्त्र र संघीयतको पक्षमा रहेको दावी गर्दे कसैले सिस्टम तोड्न खोजे प्रतिकार गर्ने समेत चेतावनी दिए । सम्वोधनको सुरुवातमै नेता गुरुङले राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न आफूलाई निकै गाह्रो भएको बताए ।

नेता गुरुङले मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबभन्दा परिपक्क र सालिन नेतृत्व भएको पनि उल्लेख गरेका छन् । पूर्व मूख्यमन्त्री समेत रहेका गुरुङले मुख्यमन्त्रीप्रति सद्भाव रहेको भन्दै अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेकाले कुनै पनि हालतमा समर्थन गर्न नसकिने तर्क गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);