१३ वर्षिय बालक नीजि विद्यालयको बस चालक ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१३ वर्षिय बालक नीजि विद्यालयको बस चालक !

बारा, २५ साउन । बाराको एक नीजि विद्यालयले बस चलाउन बालक राखेको पाइएको छ ।  जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको माउण्ट एभरेष्ट इङलिस स्कुलले बस चलाउन बालक राखेको पाइएको हो ।

सो विद्यलयको बा ४ ख ३९६१ नम्बरको बस जीतपुरसिमरा उपमहानगरपालिका १ दशधुरेका १३ वर्षिय बालक सिलिप पासवानले चलाइ रहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले अर्का चालक लोकमान मोक्तानलाई पनि पक्राउ गरेको छ । लापरबाही तरिकाले स्कुल बस चलाएको भन्दै प्रहरीले कारबाहीको लागि इलाका प्रहरी कार्यालय सिमरा पठाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);