नेपालमा आत्महत्या गर्नेको संख्या डरलाग्दो रुपमा बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालमा आत्महत्या गर्नेको संख्या डरलाग्दो रुपमा बढ्दै

sucide

अप्सरा लामिछाने
काठमाडौं २५ साउन । गरिबी, बेरोजगारी र विभिन्नखाले मनोरोगका कारण आत्महत्याको दर डरलाग्दो रुपमा बढीरहेको छ । पछिल्लो तथ्यांक अनुसार नेपाल उच्च आत्महत्या दर रहेका मुलुकमध्ये सातौं स्थानमा परेको छ । बढ्दो आत्महत्या दरलाई कम गर्नका लागि सरकारी र गैह्रसरकारी तवरबाट विभिन्न खाले चेतनामुलक प्रयासहरु गरिएपनि अवस्था अझै डरलाग्दो देखिएको छ ।

पछिल्लो तीन वर्षको तथ्यांक मात्रै केलाउने हो भने आत्महत्या गर्नेको संख्या २० प्रतिशतले बढेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ देखी २०७५ सम्म आईपुग्दा आत्महत्या गर्नेको संख्या डरलाग्दो रुपमा बढीरहेको छ ।

आर्थिक वर्ष ०७२/०७३ मा ४ हजार ७ सय ५ जनाले आत्महत्या गरेका थिए । २०७३/०७४ मा ५ हजार १ सय ३१ व्यक्तिले आत्महत्या गरेकोमा यो संख्या बढेर आत्महत्या गनेृको संख्या गत आर्थिक वर्षमा ५ हजार ३ सय ४६ पुग्यो ।

यसरी आत्महत्या गर्नेहरूमा सबैभन्दा बढी झुण्डिने गरेको देखिन्छ । यस्तै बिषालु पदार्थको सेवनबाट आत्महत्या गर्नेको संख्या पनि उल्लेख्य रहेको छ । देशभर नै आत्महत्यको दर बढी भइरहंदा काठमाडौ उपत्यकामा पनि आत्महत्या गर्नेको संख्या वृद्घि भएको प्रहरीको तथ्यांक छ । गत आर्थिक वर्षमा मात्रै काठमाडौं उपत्यकामा ३ सय ४९ जनले आत्महत्या गरेको तथ्यांक छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल सबैभन्दा बढी आत्महत्या हुने देशको ७ औं नम्वरमा रहेको छ । नेपालमा प्रत्येक महिना करिब पाँचसयले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाउँछ । विभिन्न कारणले मनोरोगी भएका व्यक्तिहरु, गरिबीले आक्रान्त भएका व्यक्तिहरु र बेरोजगार युवा युवतीले आफ्नो इहलिला अन्त्य गर्ने उपायका रुपमा आत्महत्या रोज्ने गरेका छन् ।

आफु सबै हिसाबले अयोग्य र असक्षम महसुस गरेपछि व्यक्तिले आत्महत्या गर्ने गरेको मनोविद्को भनाई छ । करिब ७५ प्रतिशत मानिस गरिबीका कारण आत्महत्या गर्ने गरेका छन्।

विश्वमा हरेक वर्ष आठ लाखभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक विश्व स्वास्थ्य संगठनसंग छ । पछिल्लो समय डरलाग्दो रुप लिएको आत्महत्या गर्ने प्रवृत्ति रोक्न सरकारी र गैहसरकारी तवरबाट विभिन्न खाले प्रयासहरु समेत भइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);