दैनिक १६ जनाले गरे आत्महत्या, महिलाभन्दा पुरुष र बालकभन्दा बालिकाको संख्या अधिक | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

दैनिक १६ जनाले गरे आत्महत्या, महिलाभन्दा पुरुष र बालकभन्दा बालिकाको संख्या अधिक

सन्दीप शर्मा माउटेण्ट टेलिभिजन। देशमा दैनिक १६ जनाले आत्महत्या गरिरहेको अवस्था छ। आर्थिक वर्ष २०७६÷०७७ देखि चालु आर्थिक बर्षको कार्तिक सम्मको तथ्याङ्कले दैनिक १६ जनाको दरले आत्महत्या गरेको देखिएको हो।आत्महत्या गर्नेमा महिला भन्दा पुरुषको संख्या झण्डै दोब्बर छ भने बालक भन्दा बालिकाको संख्या धेरै छ। यो वैदेशिक रोजगारीका लागि भारत सहित अन्य मुलुकमा पुगेर आत्महत्या गर्नेबाहेकको तथ्याङ्क हो।

२०७६ साउनदेखि २०७९ कार्तिक महिनाभित्र नेपालमा १९ हजार ९ सय ५५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्क छ। जसमध्ये पुरुष १२ हजार २ सय ७७ जना छन् भने महिला ७ हजार ६ सय ७५ जना रहेका छन् । त्यसैगरी बालक ८ सय ९३ जना र बालिका १ हजार ४ सय ८४ जना छन् । तथ्याङ्क अनुसार महिलाको तुलनामा पुरुषको संख्या झण्डै दोब्बर छ भने बालकको तुलनामा बालिकाको संख्या धेरै छ । आत्महत्या गर्नेमा १५ देखि २९ बर्ष र ४५ भन्दा माथिका उमेर समुहका धेरै मानिस धेरै छन् । प्रदेश अनुसार हेर्दा सबै भन्दा बढी प्रदेश १ र दोस्रोमा बागमती प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशका नागरिक छन् । त्यसैगरी उपत्यकाभित्र काठमाडौंमा सबैभन्दा बढी आत्महत्याका घटना हुने गरेको प्रहरी तथ्याङ्क ।

सबै भन्दा धेरै २७.६८ प्रतिशतले आवेशमा, २३.३२ प्रतिशतले पारिवारीक बेमेलका कारण र सबै भन्दा कम ०.५७ प्रतिशतले व्यवसायिक तनावका कारण आत्महत्या गर्ने गरेको अनुसन्धानमा खुलेको छ। त्यसैगरी आत्महत्याको तथ्याङ्कलाई अध्ययन गर्दा झुन्डियर आत्महत्या गर्नेको संख्या धेरै छ भने अन्य अपराधिक गतिविधिको तुलनामा आत्महत्या तेस्रो स्थानमा छ। यो तथ्याङ्क हेर्दा नेपालमा दैनिक १६ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । मानसिक रोग, लागु पदार्थको अत्याधिक सेवन, शारीरिक रोग, प्रेम सम्बन्ध, व्यवहारिक कारण र सामाजिक परिवेश आत्महत्याका प्रमुख कारक देखिएका छन् ।

यो तथ्याङ्क नेपालभित्रैका मात्रै हो । भारतसहित अन्य मुलुकमा पुगेर आत्महत्या गर्ने नेपालीहरुको तथ्यांक यसमा समावेश गरिएको छैन । त्यसलाई पनि जोड्ने हो भने यो संख्यामा धेरै नै वृद्धि हुन्छ। आत्महत्याको अवस्था भयावह देखिएको यसलाई रोक्न राज्यले सामाजिक सचेतना बढाउन जरुरी छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);