बारामा आत्महत्या गर्नेको संख्या बढदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बारामा आत्महत्या गर्नेको संख्या बढदै

श्याम गुप्ता
बारा, १८ भदौ ।
कोरोना कहरपछि आर्थिक सामाजिक दबाब र अभावमा आत्महत्या बढेका छन् । देशभर आत्महत्याको तथ्यांक बढ्दो छ । यस्तै बारामा पनि आत्महत्या गर्नेहरु संख्या उल्लेख्य छ । लकडाउनपछि आर्थिक सामाजिक संकटहरु थपिदै गएपनि आत्महत्या गर्नेहरु बढेका हुन् । जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांक अनुसार लकडाउन यता ५० बढीले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार चैत्र ११ यता आत्महत्या गर्नेको संख्या ५४ पुगेको छ । आर्थिक, सामाजिक तथा पारिवारिक दबाब तथा अभावमा आत्महत्या गर्नेको संख्या बढेको हो आत्म हत्या गर्नेमा बालबालिकादेखि बृद्धबृद्धासम्म रहेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

प्रहरी तथ्यांक अनुसार विष सेवन गरेर ३ र झुन्डिएर ५१ जनाले आत्महत्या गरेका छन् । झुन्डिएर आत्महत्या गर्नेमा १० बालक, १६ बालिका , १२ पुरुष र १३ महिला रहेका छन् । दुई जना महिला र एक जना बालकले विष सेवन गरेर आत्म हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी गराउनु भयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार संसार भर बढी आत्महत्या हुने मुलुकमा नेपाल सातौं स्थानमा पर्दछ । सरकारी तथ्यांक अनुसार नेपालमा पुरुष भन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ ।

नेपालमा वर्षेनी आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । विशेषगरी बाराको हकमा लकडाउन यता आत्महत्या गर्ने बढेका छन् । मुख्यतया लागु औषधको दुरुपयोग , दीर्घरोगी , मानसिक स्वास्थ्य समस्या , द्वन्द्व , घरेलु हिंसा , आफन्तको मृत्यु , गरिबी , बेरोजगारी , प्रेममा धोका, पढाईमा असफल जस्ता कारणले आत्महत्या हुने गरेको छ ।

अहिले लकडाउनको समयमा वैदेशिक रोजगार , प्रविधि , समाजका अनेक समस्या झेल्न नसकेर आत्महत्या गर्नेको संख्या बढेको छ । यसर्थ मानसिक परामर्श र जनचेतनाको कार्यक्रम हुन सकेमा यस्ता आत्महत्याको घटनामा कमी आउन सक्छ । तर, यसतर्फ राज्यको गम्भीर ध्यान पुग्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);