आत्महत्या बिरुद्धको दिवस विभिन्न कार्यक्रम गरि सोमबार मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आत्महत्या बिरुद्धको दिवस विभिन्न कार्यक्रम गरि सोमबार मनाइयो

aatma hatya

काठमाडौं, २५ भदौ । आत्महत्या बिरुद्धको दिवस विभिन्न कार्यक्रम गरि सोमबार मनाइएको छ । मुलुकमा बर्सेनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।

नेपालमा पनि आत्महत्या हुने क्रम बढी रहेकाले जनचेतनाको खाँचो रहेको सरोकारवालाहरुले बताएका छन । आत्महत्या बढनुको मुख्यकारण मानसिक रोग र एक्लोपन रहेको चिकित्सकहरुको भनाइ छ । ।

आत्महत्या विरुद्धको विश्व दिवस नेपालका पनि विभिन्न सचेतनामुलक कार्यक्रमका साथ मनाइएको छ । आत्महत्या रोकथामका लागि सहकार्य भन्ने नाराका साथ यो दिवस मनाइएको हो । आत्महत्या रोकथाम गर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्य सहित हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ । विश्वका २५ मुलुकले आत्महत्या र यसको प्रयासलाई अपराध घोषित गरेका छन् ।

एकपटक आत्महत्या प्रयास गर्नेले पटक पटक प्रयास गरिरहने गरेको मनोचिकित्सकहरू बताउँछन् । नेपालमा भने एक्लोपन, हीनताबोध, असफल प्रेमसम्बन्ध, गरिबी र मानसिक असन्तुलन आत्महत्याका मुख्य कारण रहेको मनोचिकित्सकहरुको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि करिब ८ लाखले आत्महत्याका कारण ज्यान गुमाउँछन् भने ज्यान गुमाउनेभन्दा २५ प्रतिशत बढीले आत्महत्याको प्रयास गर्छन् । आत्महत्याकै कारण प्रत्येक ४० सेकेन्डमा १ जनाले जीवन गुमाउने गरेको संगठनको तथ्यांक छ । नेपालमा आत्महत्या गर्नेमा युवा उमेरका बढी छन् । १५ देखि २४ बर्ष उमेरकाले बढी आत्महत्या प्रयास गर्छन ।

विश्वभर युवावर्ग मृत्यु हुने कारणमा आत्महत्या दोस्रो कारण बन्ने गरेको पाइन्छ । आत्महत्या प्रयास गर्नेको संख्या हेर्दा पुरुषको तुलनामा महिला ३ गुणा धेरै रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । प्रयास गर्नेमा महिला बढी देखिए पनि आत्महत्या सफल हुनेमा भने पुरुष धेरै रहेको तथ्यांकमा देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । नेपालमा पनि प्रत्येक बर्ष करिव पाँच हजारले आत्महत्या गर्ने गरेको प्रहरी तथ्यांक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);