मनमा कुरा लुकाउने, खुलेर नबोल्ने बन्न सक्छन् डिप्रेसनको सिकार : डा. शाक्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मनमा कुरा लुकाउने, खुलेर नबोल्ने बन्न सक्छन् डिप्रेसनको सिकार : डा. शाक्य (भिडियोसहित)

काठमाडाैं । आत्माहत्या रोगथाम गर्ने उद्येश्यले हरेक बर्ष नेपालमा भदौ २५ गते आत्महत्या रोगथाम दिवस मनाउने गरिन्छ । विश्वमा हरेक बर्ष ८ लाख भन्दा बढिले आत्महत्या गर्न गरेको तथ्यांक छ । यस्तै विश्वमा हरेक चालिस सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् ।

भोकमरी, रोग, बेरोजार, अज्ञानता लगायतका कारण हरेक वर्ष मानिसले आत्महत्या गर्ने गर्छन् । राष्ट्रसंघका अनुसार ७५ प्रतिशत आत्महत्यामा सम्बन्धित देश नै जिम्मेवार हुन्छ । आत्महत्या हरेक देशमा मुख्य समस्या बनेको छ । ‘काममार्फत आशा सिर्जना’ भन्ने नाराका साथ यो वर्ष पनि विश्व आत्महत्या रोकथाम दिवस मनाईएको छ । आत्महत्या नियन्त्रणमा विश्वव्यापी प्रतिबद्धता जनाउनु दिवसको मुख्य उद्देश्य हो ।

आत्महत्याबाट जोगिन मानसिक रुपमा स्वस्थ हुनुपर्ने र समुदाय तहमा काम चाल्नुपर्ने विज्ञहरु बताउँछन् । आत्माहत्या गर्नुअघि मानिसले विभिन्न लक्षणहरु देखाउने अस्वभाविक संकेत दिने गरेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग बिशेषज्ञ डा.रबि शाक्य बताउछन् । जस्तै निरास हुने, मर्छु भन्दै धम्कीपुर्ण बोली बोल्ने, एक्लै बस्न रुचाउने जस्ता लक्षण देखाएको हुने उहाँको भनाई छ ।

आत्माहत्या गर्न मानिसले एकै पटक नभई कयौ पटक प्रयास गर्ने गर्दछन । जसलाई रोक्नका लागि परिवार, आफन्त, साथीभाईले परामर्श गर्ने र निगरानी गर्नुपर्ने उनको सुभाव छ । माउन्टेन टेलिभिजनका लागी कार्यक्रम प्रस्तोता संगीता अधिकारीले मानसिक रोग बिशेषज्ञ तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.रबि शाक्यसँग गरिएको संवाद ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);