पछिल्लो २४ घण्टामा ९९४ संक्रमित थपिए, १२ जनाको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पछिल्लो २४ घण्टामा ९९४ संक्रमित थपिए, १२ जनाको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४० जनामा परीक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको हो । 

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २७ हजार ३५५ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १३ रहेका छन् । नेपालमा संक्रमणको दर १९.३ प्रतिशत रहेको छ ।

यस्तै आज संक्रमणबाट एक हजार ३६८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल सात लाख ३८ हजार ३४ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमित निको हुन थालेपछि नेपालमा संक्रमणमुक्त हुने दर ९५.१ प्रतिशत रहेको छ । 

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १२ को ज्यान गएको छ । हालसम्म नेपालमा कूल १० हजार ९३६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
 
यस्तै देशभर ४५६ जना सघन उपचार कक्ष (आइसियु), १२२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेसन, एक हजार ६४७ संस्थागत आइसोलेसन र ३१७ कोरोना संक्रमित  क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);