२४ घण्टामा ७३४ संक्रमित थपिए, १ हजार ४ सय १३ निको भएर फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

२४ घण्टामा ७३४ संक्रमित थपिए, १ हजार ४ सय १३ निको भएर फर्किए

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज ७३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० हजार १३ जनामा परीक्षण गरिएकोमा ७३४ संक्रमण पुष्टि गरेको छ । 

तथ्यांकअनुसार नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत पुगेको छ । यस्तै सक्रिय संक्रमित २४ हजार ३१३ जना रहेका छन् । ५०० भन्दा बढी सङक्रमित भएका जिल्ला १० र २०० भन्दा बढी संक्रमित हुने जिल्ला १९ पुगेका छन् ।   

संक्रमणबाट निको भई आज एक हजार ४१३ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४९ हजार २१३ कोरोनामुक्त भई घर फर्किएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५.५ प्रतिशत रहेको छ । 

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४० जनाको निधन भएको छ ।  नेपालमा प्रति दश लाखमा ३७२.१ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ । 

यस्तै ३९० जना सघन उपचार कक्ष (आईसीयू), ११७ जना भेन्टिलेटर, २२ हजार ८६४ जना होम आइसोलेसन, एक हजार ४४९ जना संस्थागत आइसोलेसन र २४८ जना क्वारेन्टिनमा रहेका छन् । 

आज २१ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३ हजार ३१६ जनाले पहिलो मात्रा र ५५ लाख ७८ हजार ८६५ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);