कोभिड १९ : १५६२ संक्रमित थपिए, १९ जनाको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोभिड १९ : १५६२ संक्रमित थपिए, १९ जनाको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ५६२ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनामा परीक्षण गर्दा एक हजार ५६२ जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमणको दर १९.३ प्रतिशत पुगेको छ ।

सक्रिय संक्रमित २६ हजार २०२ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी संक्रमित हुने जिल्ला २० रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज एक हजार ५८९ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४२ हजार ३०३ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९५.२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट २४ घण्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९८४ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७०.२ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ४५३ जना सघन उपचार कक्ष (आईसीयू), १३७ जना भेन्टिलेटर, २४ हजार ६९० जना होम आइसोलेसन, एक हजार ५१२ जना संस्थागत आइसोलेसन र २२३ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);