१५११ जना कोरोना संक्रमण, १६८९ जना संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१५११ जना कोरोना संक्रमण, १६८९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार पाँच ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार १५ हजार एक सय ७९ नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा संक्रमण पुष्टि भएको हो । 

नेपालमा संक्रमणको दर १९ दशमलव २ प्रतिशत पुगेको छ ।  सक्रिय संक्रमित २५ हजार सात सय ७२ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १० र दुईभन्दा बढी संक्रमित हुने जिल्ला २२ पुगेका छन् । 

यस्तै उनका अनुसार संक्रमणबाट निको भई पछिल्लो २४ घण्टा एक हजार ६ सय ८९ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४५ हजार दुई सय १५ कोरोनामुक्त भई घर फर्किएका छन् । नेपालमा संक्रमणमुक्त हुने  दर ९५ दशमलव ३ प्रतिशत  छ । 

यस्तै संक्रमणबाट विगत २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ ।  नेपालमा प्रति दश लाखमा तीन सय ७० जनाको संक्रमणको कारणले निधन हुने गरेको छ । 

यस्तै चार सय सातजना सघन उपचार कक्ष (आईसीयू), एक सय २८ जना भेन्टिलेटर, २४ हजार दुई सय २२ जना होम आइसोलेसन, एक हजार पाँच सय ५०जना संस्थागत आइसोलेसन र दुई सय २० जना क्वारेन्टिनमा छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);