कोरोना अपडेट : ११५७ जनामा संक्रमण, १११३ जना संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना अपडेट : ११५७ जनामा संक्रमण, १११३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार  एक ५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार १४ हजार पाँच सय ४१ नमुना परीक्षण गर्दा एक हजार एक सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएसँगै देशभर सक्रिय संक्रमित १८ हजार एक सय ९३ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् ।

पछिल्लो २४ घण्टामा एक हजार एक सय १३ जना संक्रमणाुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ६४ हजार आठ सय ४७ छ । 

नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा आठजनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय २३ जनाको निधन भइसकेको छ । 

हाल देशभर तीन सय ५४ जना सघन उपचार कक्ष (आईसीयू), ९९ जना भेन्टिलेटर, १६ हजार आठ सय ७८ जना होम आइसोलेसन, एक हजार तीन सय १५ जना संस्थागत आइसोलेसन र दुई सय ४४ जना क्वारेन्टिनमा छन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);