काेराेना अपडेट : एक हजार ४३ जना संक्रमित थपिँदा ८९१ जना संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काेराेना अपडेट : एक हजार ४३ जना संक्रमित थपिँदा ८९१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार १५ हजार ४६५ जनामा कोरोना परीक्षण गर्दा एक हजार ४३ जनामा संक्रमण पाइएको हो ।

योसँगै देशभर सक्रिय संक्रमित १६ हजार १९४ जना छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ रहेका छन् । 
पछिल्लो २४ घन्टामा ८९१ जनाले संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कुल संख्या सात लाख ७२ हजार २२९ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत छ । 

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार १९२ जनाको निधन भइसकेको छ ।

हाल देशभर ३३८ जना सघन उपचार कक्ष (आईसीयू), ११५ जना भेन्टिलेटर, १४ हजार ९७५ जना होम आइसोलेसन, एक हजार २१९ जना संस्थागत आईसोलेसन र ४६७ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);