नेताहरु देशमा सुविधा सम्पन्न अस्पताल खोल्न भन्दा विदेशमा गएर उपचार गर्न व्यस्त (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेताहरु देशमा सुविधा सम्पन्न अस्पताल खोल्न भन्दा विदेशमा गएर उपचार गर्न व्यस्त (एक रिपोर्ट)

काठमाडौं । नेपालको दुर्गम ठाउँमा स्वास्थ्य सेवा सर्वसुलभ छैन, सरकारी अस्पतालमा दक्षचिकित्सक बस्दैनन् अनि उच्चस्तरीय प्रविधि पनि छैन । देशका ठूला नेताहरू भने देशमा सुविधा सम्पन्न अस्पताल खोलेर जनताको विश्वास जित्नुको साटो सामान्य रोगको उपचारका लागि पनि विदेश जाने गरेका छन् । नेताहरू उपचारका लागि विदेशिँदा नेपालमा उपचार पद्धति उत्कृष्ट छैन भन्ने गलत सन्देश गइरहेको तथ्यलाई भने नजर अन्दाज गरेको देखिन्छ ।

केही दिनअघिमात्रै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन जन्डिस बल्झिएको भन्दै उपचारका लागि थाइल्याण्ड पुगेका छन् । जन्डिस त्यस्तो प्राणघातक रोग होइनयो तथ्य सबैले बुझका छन् । त्यस अघि नेकपा एसका नेता झलनाथ खनाल भारतमा लामो उपचार गरेर फर्किए ।

एमाले अध्यक्ष केपीशर्मा ओलीको विदेशमै पटकपटक उपचार भएको छ । केही जटिल प्रकृतिका बाहेक धरै रोगको उपचार नेपालमै सम्भव छ । तर नेपालका नेताहरूभने सरकारी पैसामा विदेशमा उपचारका लागि जाने गरेका छन् । नेपालको उपचार प्रणाली तुलनात्मक रूपमा विदेशको भन्दा सजिलो र कमखर्चिलो भएको वास्तविकता हुँदा हुँदै नेताहरू उपचार गर्न विदेश जाने गलत चलनले यहाँको उपचार विधिमा विश्व समुदायले विश्वास गर्न नसकेको बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर अरुण केसीले बताए ।

देशका दूर दजारमा अहिले पनि सर्व साधारण उपचार खर्चको अभावमा रोग पालेर बस्न बाध्य छन् । तर नेताहरू भने सरकारी पैसामा विदेश पुगेर उपचार गराइरहेका छन् । यसले देशको ठूलो धनराशी विदेशिएको छ । सामान्य उपचारका लागि नेताहरू पटकपटक विदेश पुग्नुले नेपालमा स्वास्थ्य उपचार फितलो छ भनेर देखाउन नेताहरू नै उद्धत रहेको राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले बताए ।

यता सर्वसाधारणहरू भने देश बनाउने नेताहरू जहिले पनिआफ्नै बारेमा सोचेर जनताको बेवास्ता गरेको गुनासो गर्छन् ।

नेपालमा गुणस्तरीय उपचार हुन्छ भनेर प्रमाणित भइसकेको छ । तर पनि देशका ठूलाबडा व्यक्तिहरू उपचारका लागि विदेशिने संस्कृति बसाएकाले नेपालको उपचार विधि र यहाँका चिकित्सकहरू सक्षम छैनन् भन्ने गलत धारणा बनेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);