वीर अस्पतालको भीभीआइपी कक्ष प्रयोगहिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

वीर अस्पतालको भीभीआइपी कक्ष प्रयोगहिन

bir hospital

फूलमाया आले
काठमाडौं, १४ असार
। काठमाडौंस्थित मुलुककै पुरानो वीर अस्पतालको भीभीआइपी उपचार कक्षले विरामी नपाएको लामो समय भइसक्यो । पूर्वराजपरिवारलेसमेत प्रयोग गरेको उक्त कक्ष प्रजातन्त्रको पुनस्थापना भएपछि भने खाली छ । वर्तमान उच्च पदस्थ व्यक्तिहरु उपचारका लागि महंगा नीजि अस्पताल र विदेशी अस्तालमा जाँदा सरकारी वीर अस्पतालको भीभीआइपी कक्ष भने प्रयोगहिन भएको हो ।

उच्च पदस्थ व्यक्तिहरुको उपचारका लागि वीर अस्पतालमा छुट्टै भीभीआइपी उपचार कक्ष बनाइएको छ । तर, प्रजातन्त्रको पुनस्थापना पछि भने उक्त भीभीआइपी कक्ष प्रयोगहिन भएको छ । विक्रम संवत् २०४६ साल अघि तत्कालिन राजपरिवारका सदस्यहरुलेसमेत उक्त भीभीआइपी कक्षमा बसेर उपचार गराएका थिए । वर्तमान अवस्थामा उक्त उपचार कक्षमा राष्ट्रपति, प्रधानमन्त्री लगायत पाँच जनाले मात्र उपचार गराउन पाउँछन् ।

भीभीआइपीहरुले उपेक्षा गरे पनि वीर अस्पतालको भीभीआइपी कक्ष र भिआइपी कक्षहरु पाँच तारे होटलका कोठाहरु भन्दा कम छैन । भिभिआइपिको उपचारका क्रममा सुरक्षा अधिकारीहरुको समेत अलगै कक्ष राखिएको छ । उपचारका लागि आवश्यक सम्पूर्ण ब्यबस्था मिलाइएको छ । २४ सै घन्टा चिकित्सक बस्ने ठाउँ छ । गर्मीयाममा चिसो र जाडोयाम तातो बनाउने एसीसमेत जडान गरिएको छ । सँगै एटेज बाथरुम छ । बिरामी कुरुवाको लागि छुट्टै कोठा र भान्छाकोठासमेत बनाइएको छ । सुरक्षाको दृष्टिकोणले बाहिर देखि नै ठूला ढोकाहरु राखिएका छन् ।

तर, मुलुकमा प्रजातन्त्र पुनस्थापनापछि वीर अस्पताललाई भीभीआइपीहरुले उपेक्षा गरेका छन् । भीआइपी कक्ष भने बेला–बेलामा प्रयोगमा आउने अस्पतालले जनाएको छ । उच्च पदस्थ अधिकारीहरुले उपचारका लागि विदेशनै रोज्ने प्रवृत्तिले वीर अस्पतालको भीभीआइपी उपचार कक्ष प्रयोगबिहिन बनेको हो ।

२ वर्ष अगाडि सम्पन्न सार्क सम्मेलनका बेला उक्त भिभिआइपी कक्षको मर्मत गरिएको थियो भने अहिले पनि दैनिक रुपमा सरसफाई गरिन्छ । प्रविधि, जनशक्ति सबैको सुविधा वीर अस्पतालमा छ । र धेरै रोगको उपचार यहाँ नै सम्भव छ । तर, पनि भीभीआईहरु त्यहा उपचार गर्न जाँदैनन ।

व्यक्तिले आफ्नो उपचार कहाँ गर्ने भन्ने निणर्य लिने अधिकार छ । तर, नेपालमा सुविधा र उपचार सम्वभ हुँदाहुँदै भीआइपी र भीभीआइपी राज्यकोषको दुरुपयोग गर्दै उपचारका लागि विदेश जाने प्रवृति भने गलत हो । यस्तो प्रवृति अन्त्य गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);