बिमस्टेक सम्मेलनमा भिभिआइपी उपचार कक्ष तयार हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बिमस्टेक सम्मेलनमा भिभिआइपी उपचार कक्ष तयार हुँदै

bimistek

काठमाडौं, ३ भदौ । बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने सरकार प्रमुखहरूको उपचारका लागि सरकारले पाँचतारे होटेलमै भिभिआइपी सेवा दिने तयारी थालेको छ । आगामी १४–१५ भदौमा काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुखहरू आउने भएपछि सरकारले जमघट हुने होटेलमै भिभिआइपी उपचार कक्ष सञ्चालनमा ल्याउने भएको हो ।

सरकार प्रमुखहरूको जमघट सोल्टी होटेलमा हुने छ । सोही कारण सोल्टी होटेलमा उपचारका लागि भिभिआइपी कक्ष स्थापना गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेतका अनुसार सोल्टी होटेलमा विशेषज्ञ चिकित्सकसहितको कक्ष स्थापना हुनेछ । त्यहाँ प्रारम्भिक उपचार सेवादेखि इमर्जेन्सी सेवासमेतको व्यवस्था गरिएको छ । स्वास्थ्यमा केही समस्या भएमा तत्काल सोल्टीमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि तोकिएको अस्पतालमा लगिने उनले बताए । उपचार गर्ने पहिलो प्राथमिकतामा भने सरकारले वीर अस्पताललाई राखेको छ ।

भिभिआइपीको उपचारमा तोकिए सात अस्पताल
सरकारले राष्ट्र प्रमुखहरूको उपचार गर्न पाँच सरकारी र दुई निजी अस्पताललाई तयारी अवस्थामा राखेको छ । निर्देशक बस्नेतका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल सर्भिस अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल मेडिसिटी अस्पताल र नर्भिक अन्तर्राष्ट्रिय अस्पताललाई तयारी राखेको छ ।
सम्मेलनभर सोल्टी होटेलमा इमर्जेन्सी मेडिकल टिमसहितको टोली रहनेछन् । विशेषज्ञ चिकित्सक नर्स गरी सातजनाको टिम रहनेछन् भने राष्ट्र प्रमुखहरूको नेपाल बसाइसम्म अत्याधुनिक सुविधासम्पन्न एम्बुलेन्स, हेलिकोप्टर होटेलमा तयारी अवस्थामा राखिनेछ ।
आइसियूसहित उच्चतम सेवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहका अनुसार सम्मेलनका लागि अन्तिम तयारी भइरहेको छ । ‘बिमस्टेक सम्मेलनमा आउने राष्ट्र प्रमुखहरूको स्वास्थ्य सेवाबारे कसरी व्यवस्थापन गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । तर, हामीले सोल्टी होटेलमा उच्चतम स्वास्थ्य सेवा दिनेछौँ,’ उनले भने । सिंहका अनुसार इमर्जेन्सी मेडिकल टिम उक्त स्थानमा रहनेछन् । उनका अनुसार भैपरी आउने समस्यालाई मध्यनजर गर्दै आइसि युसहितको व्यवस्था गरिनेछ । अन्य अस्पताललाई विशेषज्ञ सेवासहितको टोली तयारी राख्न मन्त्रालयले निर्देशन दिएको उनले बताए ।
स्वास्थ्य अवस्था बुझेर मेडिकल टिम परिचालन
डा. सेनेन्द्रराज उप्रेती
पूर्वस्वास्थ्य सचिव
राष्ट्र प्रमुखहरू आएको वेला उनीहरूको जमघट हुने स्थानमा भिभिआइपी उपचार कक्षको स्थापना गरिन्छ । अझ नेपालमा अति आवश्यक हुन्छ । कोही बिरामी परेमा अस्पताल पुर्याउन समस्या हुन्छ । विदेशमा हेलिकोप्टरसहितको व्यवस्था हुन्छ । कुन–कुन देशबाट प्रतिनिधि आउने हुन्, उनीहरूको स्वास्थ्य अवस्था कस्तो छ । उनीहरूको मागका आधारमा चिकित्सकीय टिम परिचालन गरिएको हुन्छ । इमर्जेन्सी केस हुन सक्ने भएकाले होटेलमा भिभिआइपी कक्ष सञ्चालन गरिन्छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);