मुलुककै जेठो अस्पतालमा नै छैन कुरुवा कक्ष ! | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मुलुककै जेठो अस्पतालमा नै छैन कुरुवा कक्ष !

kuruwa kashya

काठमाडौं, २३ पुस । ठूला अस्पतालहरुमा कुरुवा घर नहुँदा विरामीले सास्ती व्यहोर्दै आएका छन् । वीर अस्पताल, शिक्षण अस्पताल जस्ता सरकारी स्तरमा संचालित ठूला अस्पतालमा कुरुवा घर नहुुँदा जिल्लाबाट आउने सामान्य परिवारका विरामी र कुरुवालाई अप्ठेरो पर्ने गरेको छ ।

नेपालका निजी तथा सर्वजनिक अस्पतालहरुले बिरामीहरुप्रति अझै सामाजिक जवाफदेहीता देखाउन सकेका छैनन् । यसको प्रत्यक्ष प्रमाण हो अस्पतालको फोहोर शौचालय र अभावयुक्त कुरुवा कक्ष । नेपालको अधिकांश ठाउँमा स्वास्थ्य सुबिधा नहुँदा दुर्गम ठाउँका बिरामीहरु उपचारका लागि काठमाडौं आउने गर्दछन् । तर बिरामी तथा कुरुवाहरुका लागि अस्पतालमा कुरुवा कक्षको व्यवस्था नहुँदा उपचार खर्च कोठा भाडामै सकिने गरेको छ ।

जसका कारण बिरामीहरुको उपचार भन्दा काठमाण्डौको बसाई नै समस्या बनेको छ । अझ बिरामीको हेरचाहमा आउने कूरुवाहरु सुरक्षित बासको अभावमा असुरक्षित बास बस्दा बिरामी हुने गरेका छन् । रामेछापका गण्ोश बहादुर माझीले कुरुवा कक्ष नहुँदा खुल्ला आकाशमुनि रात बिताउने गरेको बताउँछन् ।

दोलखाका रोहनी खडका एक महिनादेखि श्रीमान्को डाईलासिसका लागि काठमाडौं बस्दै आउनु भएको छ । उहाँ कुरुवा कक्ष नभएकै कारण कोठा भाडा गरेरै अस्पताल आउने जाने गरिरहनु भएको छ ।

सर्वसाधारण विरामीको उपचारको केन्द्र वीर अस्पताल हो । नेपालकै जेठो अस्पतालमा समेत विरामीका लागि कुरुवा घर छैन । कुरुवाहरुका लागि छुट्टै कक्ष निर्माण गर्नका लागि कुनै योजना नरहेको वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरी बताउनु हुन्छ ।

दैनिक रुपमा देशभरीबाट करिब २२ देखि २३ सयको हाराहारीमा बिरामीहरु उपचारका लागि बीर अस्पताल आउने गरेका छन् । बिरामीहरुका चाप अनुसार बीर अस्पताले अहिले पनि सुरक्षित कक्ष पुर्‍याउन सकेको छैन् । बिरामीका उपचारमा हेरचाह गर्न आउने कुरुवाहरुका लागि कुरुवा कक्ष नहुदाँ कुरुवाहरु बिचल्लीमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);