टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा रगत परीक्षण गराउनेकाे चाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा रगत परीक्षण गराउनेकाे चाप

काठमाडौं, २५ पुस । काठमाडौंको टेकुस्थित सरुवा रोग र महामारी अध्ययनका लागि बनाइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विरामीको चाप बढेको छ । नेपालको एकमात्र जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको टेकुमा रहेको छ । यहाँ सरुवा रोग र महामारी रोगको रगत परीक्षण गरिन्छ ।

दैनिक ८ सयदेखि एक हजार विरामी हरेक दिन रगत परीक्षणको लागि पुग्ने गर्छन । । रोगको अध्ययन गर्नका लागि निर्माण भएको यस ल्यावमा हरेक दिन बिभिन्न रोगका बिरामीहरु आफ्नो रगत परिक्षण गर्नका लागि आउने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले माउन्टेनलाई बताउनुभयो ।

रगत प्रयोगशाला निजी अस्पतालहरुमा पनि छन् । तर परीक्षणका लागि धेरै महँगो हुने गरेपछि सर्वसाधारणको रोजाई टेकु नै हुने गर्छ । रोगको सही पहिचानका लागि टेकुको प्रयोगशालालाई भरपर्दो मानिन्छ ।

अन्यत्र गर्दा प्रयोगशालापिच्छे फरक–फरक रिपोर्ट आउने गरेको सर्वसाधारणको गुनासो छ । सही रिपोर्ट नआउने र जथाभावी मनमरी रुपमा ल्यावले बिरामीसँग रकम असुल्दा बिरामीहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा आउने गरेको बताउँछन ।

हरेक बर्ष अनाधिकृत रुपमा खुलेका ल्यावहरुका कारण र नेपालमा राम्रो ल्याव परिक्षण उपकरण नहुँदा बिभिन्न रोगको पहिचान हुन सकेको छैन जसका कारण करोडौ रकम बाहिर जाने गरेको छ ।

यसैलाई मध्यजनर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रदेशमा निमार्णको तयारी भैरहेको निर्देशक डा.झाले बताउनुभयो ।

यस प्रयोगशालामा नेपालभरबाट नै बिरामी रगत परिक्षण गर्नका लागी आउने गरेको पाइन्छ । दिनमा ८ सय देखि १ हजारसम्मले रगत परिक्षण गर्नका लागि आउने गरेका छन् ।

परीक्षण गर्नेको संख्या हरेक बर्ष दोव्वरको दरले बढिरहेको छ । विरामी बढ्दो र जनशक्ति कम हुँदा प्रयोगशालाले सेवा छिटो दिन सकिरहेको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ‘ए’ वर्गमा सात, ‘बी’ वर्गमा २९ वटा, ‘सी’ वर्गमा १ सय ९६ वटा र ‘डी’ वर्गमा ५९ वटा ल्याब दर्ता भएका छन् । देशभरका अधिकांश प्रयोगशालाले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ ।

यसकारण, ल्याबको गुणस्तरीयतामाथि नै प्रश्न उठ्न थालेको छ । फार्मेसीपिच्छे ल्याब भए पनि कतिपय ल्याब दर्ता नभइ अनधिकृत रूपमा सञ्चालन भइरहेका छन् । जनस्वास्थ्य प्रयोगशालाका अनुसार देशभर ४ हजार ५ सय वटा ल्याब छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);