नेपालमा पनि विश्व रक्तदाता दिवस मनाइयाे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपालमा पनि विश्व रक्तदाता दिवस मनाइयाे

काठमाडौं, ३१ जेठ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइएको छ । विश्व रक्तदाता दिवसकै अवसर पारेर शुक्रबार काठमाडौंमा पनि प्रभातफेरी कार्यक्रम आयोजना गरियो ।

रगतको अभाव हुन नदिन आह्वान गर्दै काठमाडौंको वीर अस्पतालबाट सुरु भएको प्रभातफेरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुगेर समापन गरिएको थियो । कार्यक्रममा बोल्दै सो प्रयोगशालाकी निर्देशक रुना झाले रगतको अभाव हुन नदिने उद्देश्यका साथ सो प्रभातफेरी कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

उहाँले स्वस्थ नागरिकहरुलाई रगत दान गरेर त्यसलाई अभाव हुन नदिन पनि आग्रह गर्नु भयो । चिकित्सकहरुका अनुसार १८ वर्ष पूरा भई ६५ वर्ष ननाघेका स्वस्थ नागरिकले रगत दान गर्न सक्नेछन । रगत दान गर्दा कुनै असर नपर्ने पनि डा. झाले बताउनु भयो ।

प्रभातफेरीमा ब्लड डोनर एशोसिएशन अफ नेपाल, रेडक्रशलगायतका संघ, संस्थाहरु सहभागी भएका थिए । सरकारले नेपालमा रगतको उचित व्यवस्था गर्न राष्ट्रिय रक्त संचार व्यूरोकै व्यवस्था गरेको छ ।

नेपालमा २ प्रतिशत जनसंख्याले मात्रै नियमित रगत दान गरेपनि रगतको अभाव नहुने सरकारी तथ्यांकले औंल्याएको छ । तर जनचेतनाको अभावमा रगत दान गर्ने काममा भने कमी हुने गरेकाले त्यसलाई बढाउनका लागि पनि रगत दान गर्न आह्वान गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम संचालन गर्ने गरिएको डा. झाले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);