रक्त दान जीवन दान | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

रक्त दान जीवन दान

शोभा न्यौपाने । ३१ जेठ काठमाडौं । रक्तदान गराँै जीवन उपहार दिऔँ भन्ने नाराका साथ वुधवार १४ औँ विश्व रक्तदाता दिवस नेपालमा पनि विविध कार्यक्रको आयोजना गरी मनाइएको छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४का दिन रक्तदाता दिवश मनाउनेगरिन्छ ।

रगतप्लाज्मा र रक्त कोषहरुको समिश्रणबाट बनेको हुन्छ । यसले शरीरका कोषहरुमा ग्लुकोज,एमिनो एसिड लगायतका पोषक तत्वहरु सँगै अक्सिजन लगायतका आवश्यक पदार्थहरु पु¥याउने काम गर्दछ । यसले कार्वन डाइक्साइड, यूरिया, ल्याक्टिक एसिड जस्ता काम नलाग्ने तत्वहरुलाई बाहिर निश्कासन गर्न समेत सहयोग गर्दछ ।मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत भाग रगतको हुन्छ ।

रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ । एक स्वस्थ्य व्यक्तिले रक्तदान गर्दा एक त स्वास्थका लागि फाइदा हुन्छ भने अर्कोतिर विरामीले जीवनदान पाउने हुँदा रक्तदान गर्न आग्रह गर्छन रक्तदानमा सहभागी सर्वसाधारणहरु । उपत्यकामा दैनिक १ सय देखि २ सय युनिटसम्म रगत संकलन हुने र दैनिक रुपमा ३ सय देखि ३ सय ५० युनिटसम्म रगतको माग हुने गरेको केन्दि«य रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ । उपत्यकामा ए र ओपोजिटिभ रगतको मात्रा बढी संकलन हुने गरेको छ ।

यसैगरी एबी पोजिटिभको रगतको संकलन भने कम हुने गरेको छ । जसले गर्दा एबी पोजिटिभ रगतको कमी हुने गरेको केन्द्रीय रक्तसंञ्चार सेवा केन्द्रले जनाएको छ । रक्तदानबाट मृत्युको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ । एकजनाले दिएको रगतबाट हाल तिनवटा पदार्थ बनाइ तीन जनाको ज्यान बचाउन सकिने भएकोले रक्तदानलाई जीवन दान समेत भन्ने गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);