नेपालमा बर्ड फ्लू छैनः सरकार | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

नेपालमा बर्ड फ्लू छैनः सरकार

२८ जेठ, काठमाडौं । सरकारले नेपालमा बर्ड फ्लू नरहेको दावी गरेको छ ।

नेपालमा बर्ड फ्लू छैनः सरकार

२८ जेठ, काठमाडौं । सरकारले नेपालमा बर्ड फ्लू नरहेको दावी गरेको छ ।

पशुपन्छी विकास मन्त्रालयले बर्ड फ्लू रोग कहीँकतै नरहेको जानकारी गराएको हो । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले नेपालमा बर्ड फ्लू रोग कहीँकतै नभेटिएको स्पष्ट पार्नु भयो । सरकारले नेपालमा बर्ड फ्लू रोग भेटिएपनि त्यसको नियन्त्रण भईसकेको विबरण अन्तर्राष्ट्रिय पशु स्वास्थ्य सेवा विभागलाई पनि बुझाएको छ ।

सरकारले बर्ड फ्लू नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दावी समेत गरेको छ । बर्ड फ्लूको शंका लाग्ने वित्तिकै मुलुकको निर्यात व्यापार झनै घट्ने गरेको सरकारी तथ्यांक छ । सरकारले बर्ड फ्लूबाट मुलुकलाई मुक्त राख्दै पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्न विशेष निगरानी गर्ने कार्यलाई पनि जारी राखिएको पनि स्पष्ट पारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);