बर्ड फ्लुले कोरोनाभन्दा १०० गुणा बढी विनाश निम्त्याउन सक्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बर्ड फ्लुले कोरोनाभन्दा १०० गुणा बढी विनाश निम्त्याउन सक्छ

bird-flu

काठमाडौं,२५ चैत्र । हालै अमेरिकाको टेक्सासमा एक व्यक्तिमा बर्ड फ्लुको संक्रमण देखिएपछि यसको चिन्ता बढेको छ । यसैबीच, विज्ञहरूले अहिले यस विषयमा खतराको घण्टी बजाएका छन् ।

अन्टार्कटिकको पेन्गुइनमा बर्डफ्लुको पुष्टि भएपछि अब मानिसमा एच ५ एन १ भाइरसको संक्रमण देखिएपछि वैज्ञानिकहरूले यो संक्रमणबारे चेतावनी दिएका छन् । यस विषयलाई गम्भीरतापूर्वक लिएर स्वास्थ्य विज्ञहरूले अर्को महामारीको चेतावनी दिएका छन् ।

के भन्छन् विज्ञहरु
बर्डफ्लु अनुसन्धानकर्ता, चिकित्सक र सरकारी निकायका अधिकारीको उपस्थितिमा यस विषयमा आयोजित पत्रकार सम्मेलनमा एभियन फ्लु अर्थात् बर्डफ्लुबारे सर्वसाधारणलाई सचेत गराइएको थियो । यस क्रममा बर्डफ्लु अनुसन्धानकर्ता डा सुरेश कुचिपुडीले यो भाइरस धेरै वर्ष वा हुनसक्छ दशकौंदेखि महामारीको सूचीमा रहेको र अहिले हामी खतरनाक रूपमा यसको नजिक पुगेको बताउनुभयो । यो भाइरसले सम्भावित महामारी निम्त्याउन सक्छ ।

अर्का विज्ञ जोन फुल्टन भन्छन्,“यो कोविड भन्दा १०० गुणा खराब हुन सक्छ, यदि यसले उत्परिवर्तन गर्छ र उच्च मृत्यु दरलाई कायम राख्छ ।” टेक्सासमा मात्रै नभई अमेरिकाका अन्य राज्यमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । यो भाइरस गाईमा फैलिएको छ । यदि हामी यो भाइरस मानिसमा फैलिएको कुरा गर्छौं भने, यो अमेरिकामा मानिसमा एभियन फ्लूको दोस्रो केस हो। यसअघि सन् २०२२ मा कोलोराडोमा पहिलो केस देखिएको थियो । बर्ड फ्लुको यो पहिलो मानव केस होइन ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार यी ८८७ मामिलामध्ये ४६२ जनाले ज्यान गुमाए ।

बर्डफ्लु भाइरस, जुन अहिले सबैका लागि चिन्ताको विषय बनेको छ, पहिलो पटक सन् १९५९ मा पहिचान भएको थियो। २०२० देखि, भाइरस धेरै देशहरूमा कुकुर र बिरालो सहित धेरै जनावरहरूमा फैलिएको छ ।  बर्डफ्लुका लक्षणहरू अन्य फ्लू जस्तै हुन् । जसमा खोकी, शरिर दुख्ने र ज्वरो पर्दछन् । यद्यपि, केही मानिसहरूलाई गम्भीर वा घातक निमोनिया हुन सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);