रात्रिकालीन सार्वजनिक यातायातले काठमाडौंलाई थप चलायमान बनाउँछः सुनिता डंगोल | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

रात्रिकालीन सार्वजनिक यातायातले काठमाडौंलाई थप चलायमान बनाउँछः सुनिता डंगोल

काठमाडौँ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा दिउँसोमा मात्र सीमित नभई रातिसमेत विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको उल्लेख गर्नुभयो । उहाँले रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका अब दिउँसो मात्र नभई रातिसमेत चलायमान बन्ने बताउनु भयो । डंगोलकाअनुसार वैशाख १ गतेदेखि परीक्षणका रूपमा बुढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो । पहिलो ९० दिनमै ६७ हजार यात्रुले सेवा लिएको उहाँले जानकारी दिनुभयो । उहाँले सार्वजनिक यातायातलाई केवल आवतजावतको साधनका रूपमा मात्र नभई अवसर र पहुँचको माध्यमका रूपमा बुझ्नुपर्ने बताउनु भयो । नियमित कार्यालय समयबाहेक रातिसम्म काम गर्ने श्रमिक, विद्यार्थी, महिला तथा युवालाई सुरक्षित यातायात सेवाले सहज र सुरक्षित रूपमा घर फर्किने वातावरण बनाउने उहाँको भनाइ छ ।

रात्रिकालीन सार्वजनिक यातायात सेवाले काठमाडौं महानगर मात्र नभई समग्र काठमाडौं उपत्यकाका विभिन्न शहरलाई आपसमा जोड्ने उहाँको भनाइ छ ।

Leave a Reply