रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबु महर्जनको प्रश्ताव | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबु महर्जनको प्रश्ताव

काठमाडौँ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रश्ताव गर्नुभएको छ ।
ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्युन आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो । उहाँले रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रश्ताव गर्नुभयो । त्यसमा काठमाडौं र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा व्यहोर्न तयार रहेको उहाँको भनाइ छ । महर्जनले अहिलेका लागि रात्रिकालीन बस सेवाको ब्रेक–इभेन अवस्थालाई यथास्थितिमै राखेर निश्चित ‘कटअफ डेट’ तोक्नुपर्ने बताउनु भयो । आगामी वैशाख १ गते वा उपयुक्त कुनै दिनदेखि रात्रिकालीन बस सेवा निःशुल्क गर्ने घोषणा गर्नुपर्ने उहाँको प्रश्ताव छ । उहाँले यस्तो व्यवस्था लागू गर्न सके सार्वजनिक यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन हुने दाबी गर्नुभयो ।

महर्जनले मेट्रो रेल सञ्चालन हुन अझै लामो समय लाग्नसक्ने भएकाले त्यस अवधिसम्म सार्वजनिक यातायातको विकल्पका रूपमा रात्रिकालीन बस सेवाको व्यवस्थापन र विस्तारमा जोड दिनुपर्ने बताउनु भयो ।

Leave a Reply