बैशाख १ गतेबाट उपत्यकामा रात्रीकालीन बस सेवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बैशाख १ गतेबाट उपत्यकामा रात्रीकालीन बस सेवा

sajha bus

काठमाडौं, ४ फागुन । काठमाडौं महानगरपालिकाले उपत्यामा रात्रीकालीन बस सेवा संचालन गर्ने भएको छ । नयाँ वर्षको बैशाख एक गतेबाट संचालन हुने गरी रात्री बस संचालन गर्ने महानगरले तयारी गरेको हो । रात्रीकालीन बस सेवा संचलन गर्ने महानगरको कदम स्वागतयोग्य मानिएपनि यसको सुरक्षा र व्यवस्थनमा भने उच्च सर्तकता अपनाउनु पर्ने सर्वसाधारणको भनाई छ ।

साँझ पर्ने वित्तिकै सुनसान हुने काठमाडौं सहरमा सर्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरु पैदल हिडेर वा महंगो भाडा तिरेर गन्तव्यमा पुग्नु पर्ने बाध्यताको अन्त गर्न महानगरपापलकाले रात्रीकालीन बस सेवा संचालन गर्न भएको छ । यात्रुहरुको बढी चहलपहल हुने काठमाडौंको रत्नपार्कलाई केन्द्र बनाएर कलंकी, बुढानीलकण्ठ, कोटेश्वर, जाउलाखेल लगायतका क्षेत्रमा सेवा दिन सकिने महानगरको भनाई छ ।

उपत्यकामा रात्रीकालीन बस सेवा संचालन गर्नका लागि महानगर, यातायात ब्यबस्था विभाग लगायत विभिन्न सरोकारवालाहरु संग सहकार्य गरी गृहकार्य थालेको छ । यसका लागि स्वयम्भु, महानगर यातायात, साझा लगायतका यातायात कम्पनीले रात्री बस सेवा सञ्चालनमा चासो देखाएका छन् ।

रात्रिकालीन बस सेवालाई टिकाउन विभागले यो पटक विशेष व्यवस्था गरेको छ । विभागले अतिरिक्त शुल्क लिएर सेवा दिन व्यवसायीलाई अनुरोध गरेको हो । व्यवसायीलाई अतिरिक्त सहुलियतका साथै रात्री बस चलाउने बसलाई साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिने अधिकार दिइने भएको छ । बढी भाडा तिरेर भए पनि रात्रीकालीन सेवा लिन तयार रहेको भन्दै यसको सुरक्षा चुनौतीमा भने राज्यले व्यवस्थापन गर्न सक्नुपर्ने सर्वसाधारण बताउँछन ।

रात्री बस चलाउने प्रयास यो नै पहिलोपटक भने होइन । यसअघि साझा बस सेवाले राती ९ बजेसम्म सेवा दिन सुरु गरेको थियो । तर, आर्थिक रुपमा फलदायी नभएपछि सेवा रोकिएको थियो । रात्रिकालिन बस सेवा संचालन आउनु आफैमा स्वागतयोग्य भएपनि यसको व्यवस्थान र सुरक्षामा भने सजगता अपनाउनुपर्ने आवश्यक देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);