साझाको 'सेमी लो फ्लोर' बस सेवा सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साझाको ‘सेमी लो फ्लोर’ बस सेवा सञ्चालन

काठमाडौं, २३ फागुन । साझा यातायातले आज देखि सेमी लो फ्लोर बस सेवा संचालन गरेको छ । बुधबार साझा यातायातको मुख्य संचालन केन्द्र पुल्चोकमा काठमाडौँ तथा ललितपुर महानगर पालिकाका मेयरद्वय बिद्या सुन्दर शाक्य र चिरिबाबु महर्जनले संयुक्त रुपमा सेवा संचालनको उद्घाटन गरे ।

अपाङ्ग, अशक्त, जेष्ठ नागरिक, बालबालिका र बिरामीहरुलाई सहज रुपमा यात्रा गर्न उपयोगी मानिने भनिएको सेमी लो फ्लोर पाटन अस्पताल देखि न्युरो अस्पतालसम्म संचालन गरिने भएको छ ।

साझाले पाटन अस्पताल, निदान हस्पिटल, त्रिपुरेश्वरको आँखा अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल हुँदै बासबारीको गंगालाल र न्युरो अस्पतालसम्मको रुटमा सेवा दिन लागेको हो ।

यस प्रकारको बस सेवाले काठमाडौ उपत्यकामा बढ्दो ट्राफिक जामको समस्या कम गर्न सहयोगी हुने साझा यातायातले बताएको छ।

यो यातायात संचालनको लागि काठमाडौँ महानगर पालिकाले ५ करोड र ललितपुर महानगरपालिकाले १ करोड अनुदान सहायता उपलब्ध गराएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);